१२ बैशाख २०८१, बुधबार
Follow Us

योगी आदित्यनाथद्वारा जानकी मन्दिरमा विशेष पूजा

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७५, बुधबार ०६:२३

जनकपुर । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा पूजापाठ गरेका छन् । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आएका उनले करिव सवा ११ बजे मन्दिरमा पूजापाठ गरेका हुन् । उनी बिहान करिव पौने ११ बजे जनकपुर विमानस्थल आइपुगेका थिए ।

पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ओयाजना गरेको दिवाभोजमा सरिक हुन उनी मुख्यमन्त्री निवास मधेस भवन जानेछन् । दिवाभोज समापनपछि रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।