१५ बैशाख २०८१, शनिबार
Follow Us

योगी आदित्यनाथको यस्तो कामना गरे

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७५, बुधबार १३:३८

काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली जनताको सुख र समृद्धिको कामना गरेका छन् । राम–जानकी विवाह महोत्सवका क्रममा भारतबाट जन्तीको नेतृत्व गरेर बुधबार बिहान जनकपुर आएका उनले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा यस्तो कामना गरेका हुन् ।

योगीले हिन्दीमा लेखेको सन्देशको भावानुवाद–
‘‘विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजाअर्चना गर्न र विदेहराज महाराज जनकको भूमिमा यात्राको अवसर प्राप्त भएकोमा आफूलाई धन्य मान्दछु । भगवान श्रीराम र माता सीताजीको जीवन हाम्रा दुवै देशको धर्म, संस्कृति र सभ्यताका अभिन्न अंग हुन् । उहाँहरुले जुन आदर्श र मूल्यको पालन गर्नुभयो, त्यो सार्वभौम छ र हामी प्रत्येकलाई त्यसले प्रेरणा प्रदान गर्दछ । मेरो साथमा आएको प्रतिनिधिमण्डललाई भव्य स्वागत गर्नुभएकोमा म नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिन चाहन्छु । म भारत सरकार र जनताको तर्फबाट नेपालका जनतालाई सुख तथा समृद्धिका शुभकामना दिन चाहन्छु ।’