१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन ऐन संशोधनका लागि परराष्ट्र मन्त्रालयद्धारा सुझाव माग

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७५, बुधबार १५:५४

लन्डन– गैरआवासीय नेपालीसम्बन्धी ऐन संसोधनका लागि परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सुझाव माग गरेको छ । प्रराष्ट्रमन्त्रालयले संघको नाममा एक पत्र लेख्दै गैरआवासीय नेपालीसम्बन्धी मौजुदा कानुनहरुमा संसोधन गरिन लागेको जनाएको हो ।

पत्रमा गैरआवासीय नेपालीसम्बन्धी मौजुदा कानुनहरु गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ तथा गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ संशोधनका लागि लाभग्राहीको तर्फबाट संघ समक्ष सुझाव माग गरिएको छ ।

नयाँ संविधानको धारा १४ मा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने उल्लेख भएको सन्दर्भमा सो कानुन संशोधन हुन लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।