१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘ल्होछार’ मनाउन तमुधिं यूकेले भव्य समारोहको आयोजना गर्ने

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७५, बुधबार २१:१८

लन्डन । बेलायतका तमुहरुले आफ्नो महान पर्व ‘ल्होछार’ भव्य 
समारोहबीच मनाउने तयारी गरेका छन् । ३० डिसेम्बर आइतवार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स हुने सो कार्यक्रममा हजारौं सहभागी हुने अपेक्षा गरिएको छ । यो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक नन्दजंग गुरुङले जनाए ।

कार्यक्रममा तमुहरुको मौलिक उक्त महान पर्वमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने वेशभूषा र नाचगान प्रदर्शन गरिने छ । कार्यक्रमको प्रमुख आकर्षण गायक टंक बुढाठोकी र गायिका अनु गुरुङ हुने छन् । सो समारोहमा विभिन्न तमुधिं इकाइले आफ्नो मौलिक नाच देखाउने छन् ।

कार्यक्रमलाई राजदूत डा. दुर्गाबहादुर सुवेदीले लगायतले सम्बोधन गर्ने कार्यक्रमतय गरिएको छ । उक्त अवसरमा जिसिएसइ, ए लेभल र विश्वविद्यालय पढाइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई डा. हर्क एवं डा. चन्द्र अवार्ड तथा समाजसेवीलाई कम्युनिटी अवार्ड प्रदान गरिने तमुधिंले जनाएको छ । संस्थाले ल्होछारको दिन अल्डरसटमा धार्मिक पूजा गर्ने भएको छ । सोहि दिन तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले नवनिर्वाचित अध्यक्ष नन्द जंग गुरुङलाई औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् ।