१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जन्ती बोकेको जिप बससित ठाेक्किँदा ६ जनाको मृत्यु

sarusaru
२७ मंसिर २०७५, बिहीबार ०२:४७

दाङ — पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ रिहारमा बिहीबार बिहान विवाह बोकेको जिप र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।

दाङको लमही ९ रिहारमा दुर्घटनाग्रस्त गाडीहरु । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर ।

चितवन गितानगरबाट दुलही लिएर बाँकेको शमसेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस रिहार नजिक ठोक्किँदा स्कारपियोमा सवार दुलाहाका बुवाआमासहित ६ जनाको मृत्यु भएको हो।

घटनामा दुलाहाका बुवा बाँकेको राप्ती सोनारी गाउँपालिका–८ का ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला खत्री र आफन्तहरु ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका–१२ का ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ।

दुर्घटनामा ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन्। उनीहरुको कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ। दुलाहादुलही अर्को गाडीमा सवार रहेको र उनीहरु सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।
रासस