१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७५, बिहीबार ०५:४७

काठमाडौं । संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जवराको नाम सिफारिस गरेको छ । सिंहदरबारमा बसेको संवैधानिक परिषद बैठकले भावी प्रधानन्यायाधीशमा जवरालाई सिफारिस गरेको हो । प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले यसअघि प्रधानन्यायाधीशमा अस्वीकृत भएका दिपकराज जोशीसहित चोलेन्द्र शमशेर जवराको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको थियो ।

जोशी सुनुवाई समितिबाट अस्वीकृत भएका कारण जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो । प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीनवर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान छ । तीन वर्ष सर्बोच्चमा काम गरेका अहिले राणा र जोशी मात्रै हुन् ।

प्रधानन्यायाधीश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउदैछन । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।