१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टेरिजा मेलाई विश्वासको मत

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७५, बिहीबार ०९:०७

लन्डन । बेलायतती प्रधानमन्त्री टेरिजा मेले संसद्बाट विश्वासको मत पाएकी छन् । उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा मेले जित हासिल गरेकी हुन् । उनले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन् । अब उनी बिरुद्ध एक वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न पाइने छैन ।

जितपछि मेले सबै बेलायत राजनीतिज्ञहरूलाई एकजुट भएर जनताको चाहना पूरा गर्न आग्रह गरेकी छन् । संसदमा भएको मतदानमा उनको दलका २ सय सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए भने विपक्षमा १ सय १७ मत परेको थियो । तर, उनले असन्तुष्ट सहकर्मीलाई मनाउने क्रममा आउने आम चुनावअघि आफूले पार्टीको नेताको पद त्याग गर्ने बताएकी छन् ।

आफू विरुद्धको अविश्वासको मतमा विजय हासिल गर्ने वित्तिकै उनको कार्यालय रहेको टेन डाउनिङ स्ट्रिटमा मेले अब बेलायतका जनताले चाहेजस्तै देश ईयूबाट अलग हुने ब्रेक्जिटको प्रक्रिया अघि बढाउने बेला आएको बताइन् ।

उनले अब आफूले ईयूका नेताहरूलाई बेलायतका चिन्तालाई सम्बोधन गर्नेतर्फ काम गर्न पनि आग्रह गरिन ।उनले बुधवार आफ्ना सांसद तथा सहकर्मीहरूलाई आउने मार्चमा ब्रिटेन ईयूबाट अलग हुने बेला आएकोले अहिले नेतृत्व फेर्ने समय होइन भन्दै मनाउने प्रयास गरेकी थिइन् ।