७ बैशाख २०८१, शुक्रबार
Follow Us

इन्जिनियरको चुनावमा लोकतान्त्रिक प्यानल अगाडि

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७५, बिहीबार १३:१९

काठमाडौं । नेपाल इन्जिनियर एसोसिएनको ३२ औं केन्द्रीय कार्यकारणी समितिका लागि २८ गते शुक्रबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लोकतान्त्रिक र प्रोग्रेसिप इन्जिनियर समूहबीच प्रतिस्पर्धा हुँदैछ । प्रतिस्पर्धामा लोकतान्त्रिक समूह यसपटक पनि विजयी बन्नेमा ढुक्कजस्तै देखिएको छ ।

इन्जिनियरको चुनावमा प्रोगे्रसिप समूहले सत्ताको प्रभाव देखाइएको आरोप प्रदेश ३ बाट सदस्यका उम्मेदवार बनेका केन्द्रीय सदस्यका एक उम्मेदवार लगाए । उनले भने, ‘विभागमा कार्यरत साथीहरुलाई प्रोगे्रसिप प्यानललाई मतदात गरेको तस्बिर उपलब्ध गराउन उर्दी गरिएको सुन्नमा आएको छ । यदि व्यक्तिको स्वतन्त्रतामा धावा बोलियो भने त्यो इञ्जिनियर एसोसिएनका लागि दुर्भाग्य हुनेछ ।’

यसपटक पनि लोकतान्त्रिक समूह विजयी हुनेमा हामी ढुक्क छौं, उनले भने, सत्ताको प्रभाव हामीलाई चुनौति छ, तर हामी त्यो चुनौति सामना गर्न लोकतान्त्रिक समूह तयार छ ।’ विगतदेखि नै एसोसिएसनमा लोकतान्त्रिक समूहले नेतृत्व गर्दै आएको छ ।

लोकतान्त्रिक समूहमा कुनै विवाद नरहेको अर्यालले स्पष्ट पारे । उम्मेदवारको सन्तुलन यसपटक जीतको आधार बनेको उनले बताए । विगतमा दुई प्यानल हुँदा पनि लोकतान्त्रिक समूहले नै चुनाव जितेको स्मरण गर्दै उनले भने, ‘सत्ताको प्रभावलाई निस्तेज पार्न यसपटक लोकतान्त्रिक समूह एक ढिक्का भएर चुनावमा होमिएको छ, त्यसैले हाम्रो जित सुनिश्चित छ ।’

१७ हजारभन्दा बढी मतदाता रहेको एसोसिएसनमा यसपटक लोकतान्त्रिक समूहको नेतृत्व इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधानले गरेका छन् । यसैगरी उपाध्यक्षमा चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्यू लाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सहकोषाध्यक्षमा जानुका थापा रहेका छन् । त्यस्तै लोकतान्त्रिक समुहका तर्फबाट सदस्यहरुमा सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, सूर्य बहादुर पाण्डे, राजेन्द्र दुलाल, एभरेस्ट केसी, ज्योति मणि भट्टराई, भेषराम पोख्रेल, उमेश प्रसाद चौधरी, सुर्दशन भण्डारी र दिनेश अर्याल रहेका छन् ।