८ बैशाख २०८१, शनिबार
Follow Us

कतारमा नेपाली श्रमिकको सहज स्वस्थ्य परीक्षणको माग

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७५, शुक्रबार १२:१०

काठमाडौं । नेपाल तरुण दलले वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली कामदारहरुको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन कतारस्थित नेपाली राजदूतावासलाई आग्रह गरेको छ । स्वास्थ्य परीक्षणको सहज व्यवस्था नभएका कारण नेपाली कामदारको मृत्यु भइरहेको भन्दै नेपाल तरुण दलले सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन दूतावासलाई आग्रह गरेको हो ।

नेपाली कामदारको अवस्था बुझ्न कतार गएको नेपाल तरुणदलका उपाध्यक्ष सहितको टोलीले नेपाली राजदूत रमेश कोइरालालाई भेटी कामदारको अवस्था र उनीहरुको सुरक्षा लगायत विषयमा जानकारी लिएका थिए । नेपाली कामदारहरु विदेशमा मर्ने घटना बढिरहेको भन्दै सरकारले नेपाली दूतावासहरुमा स्वास्थ्य सहचारी टोली राख्नुपर्ने बताए । अधिकांश मानिस अशिक्षित भएका कारण सम्बन्धित देशको भाषा र वातावरणबारे जानकारी नहुँदा आफुलाइ भएको स्वास्थ्य समस्या लुकाउने गरेका छन् ।