८ बैशाख २०८१, शनिबार
Follow Us

कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७५, शुक्रबार १२:१५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस मागेको अभियोग निरौलामाथि लागेको छ ।

यस्तै कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई सात हजार रुपैयाँ घुस लिँदा लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो ।

शेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि कम्प्युटर अपरेटर आत्रेयले घुस माग मागेको अभियोग लागेको छ । आरोपी आत्रेयमाथि छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।