१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नुवाकोटमा मिनिट्रक दुर्घटना, ‘३० जनाको मृत्यु’

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७५, शुक्रबार १२:५३

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् ।

तामाङकाअनुसार दुर्घटनामा ३० जनाको ज्यान गएको छ । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएकाको उद्धारका लागि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको विस्तृत् विवरण आउन बाँकी छ ।