८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन जर्मनीको वार्षिक साधारणसभा ५ जनवरीमा

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७५, शुक्रबार १८:५७

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको वार्षिक साधारणसभा ५ जनवरीमा हुने भएको छ । संघका महासचिब टंक लम्सालका अनुसार साधारणसभामा आर्थिक, वार्षिक तथा प्रगतिप्रतिबेदन प्रस्तुति गरिने भएको छ । जर्मनीका लागि नेपाली राजदुत रमेश प्रसाद खनालको प्रमुख आतिथ्यमा हुने कार्यक्रमलाई संघका पुर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त लगायतले सम्बोधन गर्ने भएका छन् ।

ब्रेमेन, हनोवर क्षेत्रमा हुने सो सभामा नयाँ वर्ष २०१९ को शुभकामना आदान प्रदान तथा विविध संस्कृतिक कार्यक्रमको समेत आयोजना गरिदै छ । सो साधारणसभामा उपस्थित हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले सबै सदस्यहरुलाई आब्हान गरेको छ ।