१५ बैशाख २०८१, शनिबार
Follow Us

राजदुत डा. सुबेदी र बेलायती राजकुमार विलियम बीच भेटघाट (फोटो फिचर )

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७५, शुक्रबार १९:२३

लन्डन । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीले बेलायतका राजकुमार विलियम्स डुक अफ क्यामब्रिजलाई भेटेका छन् ।

शुक्रवार लन्डन स्थित रोयल मेलिटरि एकेडमीमा भएको भेटमा राजकुमार विलियमले नेपालमा भुकम्प पछिको पुनर्निर्माणको बारेमा चासो राखेका थिए ।

राजदुत सुबेदीले नेपाल सरकारका तर्फबाट पुनर्निर्माणमा भएको प्रगतिको जानकारी राजकुमार विलियमलाई गराएका थिए ।

राजकुमार विलियमले पुनर्निर्माणमा भएको प्रगति प्रति खुशी व्यक्त गरेको राजदुत सुबेदीले आफ्नो माइक्रो ब्लगिङ्ग साइट ट्वीटर मार्फत जानकारी दिएका छन् । भेटमा राजदुत सुबेदीले नेपालको पर्यटन क्षेत्रको बारेमा समेत जानकारी गराएका थिए ।