१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सिडी विजय अधिकारी भए ‘दि भ्वाइस अफ नेपाल’

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७५, शुक्रबार १९:३०

काठमाडौं । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को विजेता सिडी विजय अधिकारी भएका छन् । कतारको दोहामा १४ डिसेम्बरमा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा पुगेका चार जना मध्ये अन्य तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्टबाट हुन् ।

नेपालमा पहिलो पटक भएको ‘दि भ्वाइस अफ नेपाल’को टाइटल उनले आफ्नो पोल्टामा पारेका हुन् । टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।

ad ad ad
फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य फिनालेमा पुगेका थिए ।