February 27, 2020

डिबि श्रेष्ठको गीतमा भोलाको अभिनय

  14th December 2018 मा प्रकाशित

काठमाडौ । पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियामो देखा परेका छन् । आज आज बोलको म्युजिक भिडियोमा उनि अभिनय मार्फत आएका छन् । पुर्बै मोरङको , पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी को अभिनयमा आज आज बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । डिबि श्रेष्ठको शब्द,संगीत, र आवाज रहेको यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् । उनको यो पहिलो गीत हो ।

दुइ मायालु जोडिको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन । जनक राज अधिकारीको छायाँकन , राज कार्कीको सम्पादन , अनिल मगरको नृत्य निर्देशन रहेको छ । ‘ आज आज ” गीतमा पत्रकार भोला अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन ।

प्रतिक्रिया