७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस महासमिति बैठक : उद्घाटनपछि बन्दसत्र सुरु

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७५, शनिबार ०८:५९

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन गरिएको छ । रामशाहपथस्थित एक पार्टी प्यालेसमा बैठकको पार्टी सभापति शेरवहादुर देउवाले उद्घाटन गरेका हुन् । उदघाटन सत्रलाई पार्टीका शीर्ष नेताले सम्वोधन गरिरहेका छन् । उदघाटन सत्र सकिएपछि आजै बन्द सत्र शुरु हुनेछ ।

बन्द सत्रमा समिति सदस्यहरूलाई सात समूहमा विभाजन गर्ने र सबै प्रतिवेदनमाथि समूहगत छलफल गरी निष्कर्ष पेश गर्ने व्यवस्था मिलाइएको छ । पुस ३ सम्म चल्ने बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा सशांक कोइरालाले साङ्गठनिक प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आर्थिक आयव्ययसम्बन्धी प्रस्ताव र सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीको भावी आर्थिक प्रस्ताव प्रस्तुत गरी छलफल गर्ने कार्यसूची छ ।

महामन्त्री पूर्णबहादुर खड्काको विधान मस्यौदा सम्बन्धी प्रस्ताव भने विवादका कारण अझै पारित हुन सकेको छैन । महासमिति बैठकमा करिब सत्र सय जना सहभागी हुने हुनेछन । २ सय ४० निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिला सदस्यसहित पाँच जनाका दरले एक हजार दुई सयजनाको सहभागिता रहनेछ ।

यसैगरी भातृ एवं शुभेच्छुक संघसंस्था र विदेशस्थित जनसम्पर्क समितिबाट ९७-९७ जना प्रतिनिधि बैठकमा सहभागी हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति तथा २६ जना सांसदले भने पर्यवेक्षकका रूपमा भाग लिनेछन् ।

केन्द्रीय सदस्यहरू स्वतः महासमिति बैठकमा सहभागी हुनेछन् । केन्द्रीय समितिले सर्वसम्मतिले ल्याएको कुनै प्रस्तावलाई समेत अस्वीकार गर्ने अधिकार कांग्रेसको महासमितिलाई छ । महासमिति बैठक काँगे्रसको दोस्रो सर्वोच्च निकाय हो ।