१३ बैशाख २०८१, बिहीबार
Follow Us

मलेसियामा सचेतनात्मक कार्यक्रम

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७५, शनिबार १३:३९

काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई लक्षित गर्दै सचेतनात्मक अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।

मलेसियाको भाषा, संस्कृति, कानूनका बारेमा पर्याप्त जानकारी नहुँदा नेपाली श्रमिकले दुःख पाइरहेको अवस्थामा दूतावासले प्रदान गर्ने कन्सुलर तथा श्रम सम्बद्ध सेवाका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आइतबार स्थानीय पेनाङस्थित सुमित होटल तथा आगामी पुस ८ गते जलन बेन्दरगाहास्थित होटल अर्किड र जोहरस्थित बागुस सिटी होटलमा सचेतनात्मक कार्यक्रम गरिनेछ ।

विभिन्न पेशा तथा व्यवसायका सिलसिलामा मलेसियामा रहेका नेपाली कामदार, सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, विद्यार्थीलगायतलाई कार्यक्रममा सहभागी हुन दूतावासले आग्रह गरेको छ । मलेसियाका बारेमा यथार्थ जानकारी नपाउँदा विभिन्न सिलसिलामा त्यहाँ रहेका नेपालीले सास्ती व्यहोर्दे आएका छन् । हाल करीब पाँच लाख नेपाली विभिन्न कामका सिलसिलामा मलेसियामा छन् ।