७ बैशाख २०८१, शुक्रबार
Follow Us

पोखरा म्याराथनका लागि बेलायतबाट १५ लाख सहयोग

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७५, शनिबार १४:१७

लन्डन — पोखरामा हुन लागेको अन्तर्राष्ट्रिय म्याराथनका लागि बेलायतवासी नेपालीले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । भूपू खेलाडी मञ्च पोखराले फागुन ७ गते पोखरामा गर्न लागेको १३ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोगार्थ शुक्रवार साँझ अल्डरसटमा च्यारिटी डिनर गरी उक्त रकम जुटाइएको हो ।

म्याराथनको इन्टरनेशनल पार्टनर पोखरेली मञ्च युकेले गरेको च्यारिटी डिनरमा एनआरएनए युके र केन्द्रीय पदाधिकारी, तमुधिं युके, सहारा युके लगायत संघसंस्था र व्यक्तिले सहयोग गरेका थिए । पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले सहयोगदाताप्रति आभार व्यक्त गरे ।

बेलायतवासी नेपालीले मातृभूमिका लागि आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्दै आएका छन् । एनआरएनए युके पूर्व अध्यक्ष सूर्य गुरुङको संयोजकत्वमा पोखरा रंगशालाको पर्खाल निर्माणमा पनि बेलायतबाट ५० लाख रुपैयाँ पठाइएको थियो ।