१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेल्बासे बिबिसी ‘कम्युनिटी हिरो अवार्ड’ द्वारा सम्मानित

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७५, शनिबार १८:५५

लन्डन । नेपाल ब्रिटेन डट कमको चर्चित १० जनामा परेर मिडिया प्रसनालिटी अफ दि एयरद्वारा सम्मानित जीव बेल्वासे बिबिसी कम्युनिटी हिरो अवार्डद्वारा सम्मानित भएका छन् । उनलाई बिबिसी ससेक्स र सर्यले यो वर्षको कम्युनिटी हिरो अवार्डद्वारा सम्मान गरेको हो । बिबिसीले यो क्षेत्रमा सामाजिक काममा सक्रिय मध्यबाट हेरेक वर्ष एक जनालाई सो सम्मान गर्दै आएको छ । बेल्बासेले स्थानिय काउन्सिलको सिफारिसमा आफुले समाज प्रति गरेको कामको मुल्याकन गरेर सो सम्मान प्रदान गरेकोमा खुशी ब्यक्त गरे ।

अर्घाखाँचीको खिल्जीमा जन्मिएका जीव बेल्बासे गे्रटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष हुन् । गैरआवासीय नेपाली संघ (एनआरएन) संस्थापनकालदेखि सक्रिय बेल्बासेले बिशेष गरी बिगतमा एनआरएन अभियानमा महत्वपूर्ण योगदान दिए । उनी गैरआवासीय नेपाली संघ यूकेका पूर्वप्रवक्ता समेत हुन् । नेपालमा भइरहने प्राकृतिक प्रकोपका बेला सक्रिय भइ योगदान दिदै आएका बेल्बासेले भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोकस्थित परोपकारी प्राबिका संस्थाको सहकार्यमा नयाँ भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।
भूपू गोर्खा र तिनका सन्ततिलाई बेलायत आउने अनुमतिपश्चात आकस्मिक रुपमा नेपालीहरुको संख्या बेलायतमा ह्वात्तै बढ्न गयो ।

अल्डरशट फान्ब्रो अर्थात रशमोर बरो एरियामा स्थानीय मानिसको नकारात्मक क्रियाकलाप एवम् दोहोरो तनाबलाई स्थानीय प्रहरी र काउन्सिलसँग मिलेर साम्य पार्न बेल्बासेले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

रशमोर एरियाअन्तर्गत बस्ने जेष्ठ नागरिकका लागि हरेक एरियामा स्रोतको खोजी गरी योगा, नेपाली भाषा संस्कृति, साइट भिजिट, अंग्रेजी कक्षा, इन्फर्मेसन डे जस्ता कार्यक्रम नियमित सञ्चालन गर्दै आएका बेल्बासेले बेलायतमा काउन्सिल र स्थानीय प्रशासनसँग नजिक रहेर हरेक समस्याको समधान खोज्न समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपाली समूदायतको बाक्लो उपस्थिति रहेको रसमुर क्षेत्रमा चर्चा कमाउन सफल बेल्बासे नेपाली र बेलायती समुदायबीच समन्वय गर्न उनको ठूलै योगदान छ ।
रममुर क्षेत्रमा नेपालीमाथि गर्ने अध्यागमनसम्बन्धी समस्या समाधानको लागि विशेष पहल गरेका बेल्बासे स्थानीय अंग्रेसी मिडियासँग समेत नजिक ठानिन्छन् । बेल्वासेले हालै बेलायती प्रधानमन्त्रि टेरीजा मेलाई नेपाली समुदायको तर्फबाट बेलायतमा हुने जनगणनामा नेपाली पहिचान राख्न दबाब दिन ज्ञापनपत्र बुझाउदा समेत उलेख्य भूमिका निर्भाह गरेका थिए ।