August 9, 2020
6:25 AM | 11:10 AM

नातिद्वारा बाजे र बज्यैको हत्या

  16/12/2018 मा प्रकाशित

बैतडी । बैतडीमा आज नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

लोकेन्द्र आज बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर बाजे र बज्यैको हत्या गरेको हो । लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया