१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रस्तावित प्रधान्यायाधीश राणाको सुनुवाइ प्रक्रिया आजबाट

नेपालब्रिटेन संवाददाता
१ पुष २०७५, आईतवार ०५:५२

काठमाडौं । प्रस्तावित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाइ प्रक्रिया आजबाट शुरु हुँदैछ । सुनवाई प्रक्रिया अघि बढाउनका संसदीय सुनवाइ विशेष समितिको बैठक सिंहदरबारमा बस्दैछ । संवैधानिक परिषदको बैठकले मंसिर २७ गतेसर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

सुनुवाइ समितिले जबराविरुद्ध सार्वजनिक उजुरी आह्वान गर्नेछ । त्यसपछि सुनुवाइ प्रक्रिया अघि बढ्ने छ । परिषद्को निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनी प्रधानन्यायाधीश बन्नेछन् । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।