१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संविधानले दिए दुबै अध्यक्ष एकै पटक प्रधानमन्त्री हुन्थ्यौँ : ओली

नेपालब्रिटेन संवाददाता
१ पुष २०७५, आईतवार १४:१४

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाएका छन् । आज पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकता तोड्ने प्रयास सफल नहुने बताएका हुन् ।

उनले मुलुक बनाउने संकल्पका साथ पार्टी एकता भएको भन्दै संविधानले दिने भए दुबै अध्यक्ष एकै पटक प्रधानमन्त्री हुन पनि तयार रहेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रपति जस्तो सम्मानित र मर्यादित संस्थालाई निरन्तर आक्रमणको प्रयास भईरहेको बताए । उनले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खेल भईरहेको आरोप लगाए ।

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सकेको योगदान पुर्‍याउन कानुन व्यवसायीलाई आग्रह गरे । अध्यक्ष दाहालले मुलुकलाई एकतावद्ध बनाउने अभियानमा पार्टीका सबै नेता, कार्यकर्ताहरुले योगदान गर्नुपर्नेमा जोड दिए ।