१२ बैशाख २०८१, बुधबार
Follow Us

काठमाडौंको तापक्रम २ डिग्रिमा झ-यो

नेपालब्रिटेन संवाददाता
२ पुष २०७५, सोमबार ०५:१९

काठमाडौं । काठमाडौँसहित देशभर जाडो बढ्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर जाडो बढ्दै गएको जनाएको हो । मौसमविद सुजन सुवेदीले आज काठमाडौँ उपत्यकामा यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको जानकारी दिनु भयो ।

काडमाडौं उपत्यकामा आज विहानको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको उहाँले बताउनु भयो । हिजो काठमाडौँमा अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस पुगेको थियो भने आज १८ देखि २० डिग्रीकै आसपासमा रहनेछ ।

आज देशका पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमि क्षेत्रमा आंशिक बदली रहने उहाँले बताउनु भयो । देशको पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा तथा पश्चिमि पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद सुवेदीले बताए ।

देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको पनि मौसमविद सुुवेदीले जानकारी दिनु भयो ।

आज राति देशभर सामान्य देखि पूर्णतया बदली रहने, पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा तथा पश्चिमि पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।