१२ बैशाख २०८१, बुधबार
Follow Us

एक साताका लागि पूर्वराजा ज्ञानेन्द्र पोखरामा

नेपालब्रिटेन संवाददाता
२ पुष २०७५, सोमबार ०५:२१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा जाँदैछन् । एक साता लामो पारिवारिक भ्रमणका क्रममा पूर्व रानी कोमल शाह र उनी पोखरा जान लागेका हुन् । पूर्वराजा शाहलाई सोमबार पोखरा विमानस्थलमा भव्य स्वागतको तयारी छ ।

विश्व हिन्दु महासंघ, राप्रपा, शिवसेना नेपाल लगायत अन्य धार्मिक संघसंस्थाको आयोजनामा स्वागतका लागि ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । पूर्व राजा पोखरा महानगरका २९ स्थित माउण्ट ग्लोरी होटलमा बस्ने कार्यक्रम छ ।

निजी भ्रमणमा पोखरा जान लागेका पूर्व राजा शाह हप्ता दिन बढी पोखरामा रहने आयोजकले जानकारी दिएका छन् । उनले पोखराका विभिन्न पर्यटकीयस्थलको अवलोकन र धार्मिक मठमन्दिरको दर्शन गर्न कार्यक्रम रहेको छ ।