१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेकपा स्थायी कमिटी बैठक आज

नेपालब्रिटेन संवाददाता
२ पुष २०७५, सोमबार ०५:२४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठकको पहिलो दिन शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गर्नु भएको थियो । यस्तै, वामदेव गौतमले पूरक प्रतिवेदन पेश गर्नु भएको छ ।

नेता गौतमले राखेको पूरक प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाउनु भएको छ । पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन आठ वटा उपखण्डमा आधारित रहेर तयार पारिएको छ ।

प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, सङ्गठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महीना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलको भूमिका, केन्द्रीय सचिवालयको निर्णयको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।