१५ चैत्र २०८०, बिहीबार
Follow Us

मलेसियामा नेपाली कामदारमाथि श्रम शोषण

नेपालब्रिटेन संवाददाता
२ पुष २०७५, सोमबार ०८:५७

क्वालाम्पुर । मलेसियामा नेपाली कामदारमाथि श्रम शोषण भैरहेको खुलासा भएको छ । बेलायती पत्रिका द गाडिर्यनले मलेसियाका दुई कम्पनीमा कार्यरत नेपालीहरुमाथि चरम शोषण भैरहेको सार्वजनिक गरेको हो । द गाडिर्यनले टप ग्लोभ र डब्लु आरपी एसिया प्यासिफिक नामक दुई कम्पनीहरूमा शोषण भएको अनुसन्धानमुलक सामाग्री प्रकाशित गरेको हो ।

कामदारहरुलाई धेरै समयसम्म काममा लगाइएको, पारिश्रमिक रोकिएको, होस्टल अव्यवस्थित भएको र मलेशियाली श्रम कानूनविपरित राहदानीहरू कब्जामा राखिएको गाडिर्यनले उल्लेख गरेको छ । तर उक्त कम्पनीहरूले वक्तव्य प्रकाशित गरेर अन्तर्राष्ट्रिय र राष्ट्रिय श्रम कानून अनुसार नै कामदारहरूमाथि व्यवहार गरिएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

मलेसियाका मानव संशोधन मन्त्री एम कुलासेगरनले कम्पनीका केही फ्याक्ट्रीहरू भ्रमण गर्दा रिपोर्टमा उल्लेख गरेजस्तो केही नपाएको दावी गरेका छन् । पन्जा बनाउने र निर्यात गर्ने कम्पनीहरूमध्ये टप ग्लोब सबैभन्दा ठूलो कम्पनी मानिन्छ । चालिस वटा फ्याक्ट्री रहेको उक्त कम्पनीमा नेपाली लगायत देशका हजारौं कामदार कार्यरत छन् ।