१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएको तेस्रो अफ्रिका बैठकको तयारी पूरा

नेपालब्रिटेन डट कम्
२ पुष २०७५, सोमबार २०:४०

युगान्डा । कम्पाला। गैरआबासिय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी युगान्डाको राजधानी सहर कम्पालामा पूरा भएको छ । आयोजक राष्ट्र एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यहि २९- ३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको छ । बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आवासको ब्यबस्था गरिएको छ ।

बैठकको उदघाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुने र बन्द सत्रमा समेत युगान्डा सरकार र निजि क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक बिकास र नेपालसंग साझेदारीका सम्भावना बारे कार्यपत्र प्रस्तुत हुनेछन ।

गैर आबासिय नेपाली बिज्ञहरुद्वारा अफ्रिकाका ठुला बिकास निर्माणका परियोजनाका आफ्ना अनुभव समेत प्रस्तुत हुने बैठकमा नेपालमा प्रबिधी र लगानीका साझेदारी र अनुभव साटन सकिने विषयमा समेत छलफल हुनेछ । त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नविकरण, दलालहरु द्वारा ट्रान्जीटमा अफ्रिका पुराइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम रहेको एनआरएनए युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेलले बताउनु भयो ।

बैठकमा कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्याल समेत संघका अन्तरास्ट्रिय समितीका अध्यक्ष लगाएत पदाधिकारीहरुको उपस्थिती रहने जानकारी संघका पुर्ब आइसीसी सदस्य जीबनाथ पगेनीले जानकारी गराउनु भयो । मुल कार्यक्रम बाहेक नेपाली , युगान्डीयन र अफ्रिकिन सासकृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठी सम्पन्न हुनेछ। बैठकको इभेन्ट पार्टनर रुपालिया ग्रुप युगान्डा र आइडिया फोर नेपाल रहेका छन ।