१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पाकेटमारको नाइकेसहित ७ जना पक्राउ

sarusaru
३ पुष २०७५, मंगलवार ०३:२२

काठमाडौँ। साङ्केतिक भाषाको प्रयोग गरी सर्वाजनिक सवारी साधनका यात्रुको पाकेटमारी गर्ने ‘नाइके मास्टर’ भनिने पूर्णबहादुरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चक्रपथ रुटमा चल्ने विभिन्न सवारी साधनमा यात्रा गर्ने यात्रुको पाकेट मार्दै आएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रभाग गोङ्गबुबाट सादा पोशाकमा खटिएको प्रहरीले बसुन्धराबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अभियुक्तको कोठा खानतलासी गर्दा ७० हजार ५००, भारतीय रुपैयाँ पाँच हजार ५००, लागुऔषध गाजा र विभिन्न कम्पनीका ३० थान मोबाइलसमेत बरामद गरेको महागरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
डिसी नेपाल