१३ बैशाख २०८१, बिहीबार
Follow Us

नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र पोखरामा

sarusaru
३ पुष २०७५, मंगलवार ०४:२८

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन्। पूर्वरानी कोमल शाहसँगै बुद्ध एयरको विमानबाट साढे १२ बजे पोखरा पुगेका हुन्।

शाहलाई पोखरा विमानस्थलमा उनका समर्थकले स्वागत गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी, शिव सेनालगाएतका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले स्वागत गरे।

पूर्वराजा शाह विमानस्थलदेखि मुस्ताङ चोकसम्म पैदल हिँडेर शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए ।

उनलाई २१ किलोको माला लगाएर स्वागत गरे पनि माला भने लगाएनन्। दुई सातासम्म उनी पोखरामै बस्नेछन्।

पोखरामा उनले केही राजनीतिकर्मीसँग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर काठमाडौं फर्कने कार्यक्रम रहेको बताईएको छ।

निजी भ्रमणका लागि पोखरा आएको पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए ।

उनको भ्रमणको चाँजोपाँजो मिलाउन भिआईपी टोली केही दिनअघि नै पोखरा आईपुगेको थियो। आउजाउ गर्न गाडीसमेत काठमाडौंबाटै ल्याईएको छ भने उनको सुरक्षाको टोलीसमेत काठमाडौंबाटै आएका छन्।

उनी पोखरा २१ स्थित दोविल्लामा रहेको माउटेन ग्लोरी रिर्सोटमा बस्नेछन्।

सेतो पाटी