June 3, 2020
10:34 PM | 3:19 AM

इपिएल विजेताले २५ लाख पाउने

  18th December 2018 मा प्रकाशित

काठमाडौं । यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को विजेता टोलीले रु २५ लाख पाउने भएको छ । आयोजक इपिएल प्रालिले आज विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो । गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो । गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ । प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ ।

प्रतिक्रिया