८ बैशाख २०८१, शनिबार
Follow Us

निर्मला हत्या प्रकरणः आठ प्रहरीविरुद्ध किटानी जाहेरी

नेपालब्रिटेन संवाददाता
३ पुष २०७५, मंगलवार १३:२४

कन्चनपुर । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन अवस्थामा जिल्ला प्रहरीमा कार्यरत् ८ प्रहरीविरुद्ध किटानी जाहेरी दिएका छन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, डीएसपी अंगुर जिसी, कन्चनपुर प्रहरीका तत्कालीन प्रवक्ता डीएसपी ज्ञानबहादुर सेठीसहित ८ जनाविरुद्ध मंगलबार किटानी जाहेरी दिएकी हुन् ।

जाहेरीमा वास्तविक अपराधीलाई लुकाउने उद्देश्यले प्रमाण नस्ट गरेको र निर्दोषलाई अनावश्यक यातना दिएकाले उनीहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।

डीएनए रिपोर्ट ‘नेगेटिभ’
निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोग स्वीकार गरेको भनिएका दुईजना युवाको डीएनए ‘म्याच’ नभएको थाहा भएको छ । गत मंसिर १८ गते काठमाडौंबाट पक्राउ परेका भीमदत्त नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएको हो ।