१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हराएका किशोर एक महिनापछि मृत फेला

sarusaru
४ पुष २०७५, बुधबार ०४:१३

दाङका एक जना किशोर हराएको एक महिनापछि जंगलमा मृत अवस्थामा फेला परेका छन्।

घोराही उपमहानगरपालिका वडा नं. १३ तुरुन्तपुर निवासी १७ वर्षीय सुवास पुन जंगलमा मृत अवस्थामा फेला परेको दाङ प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलप्रसाद पाण्डेका अनुसार पुन एक महिना अगाडि साथीहरूसँग स्वर्गद्वारी पुगेर घर तर्फ फर्किने क्रममा जंगलमा बेपत्ता भएका थिए।

पुनको शव घोराही उपमहानगरपालिका वडा नं. १९ स्थित हरिकिसे भिरको जंगलमा सडेको अवस्थामा फेला परेको एसपी पाण्डेले जानकारी दिए।

शव सडेको अवस्थामा फेला परे पनि पुनले लगाएको कपडाको आधारमा आफन्तले पहिचान गरेको प्रहरीले जानकारी दिएको छ।

‘पुनको भिरवाट लडेर मृत्यु भएको हो वा कसैले हत्या गरेर फालेको हो। त्यसबारेमा अनुसन्धानपछि मात्रै भन्न मिल्छ,’ एसपी पाण्डेले भने ।

यसैबीच एसपी पाण्डेले पुनले लगाएको कपडामा केही गाँजासमेत फेला परेको जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको तथा सँगै गएका पुनका साथीहरूसँग सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।
सेतोपाटी