१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तराईमा शीतलहर, जनजीवन प्रभावित

नेपालब्रिटेन संवाददाता
४ पुष २०७५, बुधबार ०५:५४

वीरगञ्ज । तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ । अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।

पर्साको वीरगञ्जमा तापक्रम एक्कासी झरेर ७ डिग्री सेल्सियसमा पुगेको छ । हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् । बजार क्षेत्र सुनसानजस्तै बनेको छ भने चिसो छल्न चोकचोकमा आगो बालिएको छ ।

एक्कासी बढेको चिसोका कारण श्वास प्रश्वासको समस्या भएका विरामीको संख्यासमेत बढेको अस्पतालहरुले जनाएका छन् । अत्यधिक चिसोका कारण श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा आउनेहरुको संख्या बढेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका चिकित्सक डा. मजोज गुप्ताले बताए । उनले चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको जानकारी दिए ।

चिकित्सकहरुले चिसोबाट बच्न न्यानो कपडा लगाउन र तातो झोलिलो पदार्थ खान सुझाव दिएका छन् ।