१२ बैशाख २०८१, बुधबार
Follow Us

काठमाडौंमा पाकेटमारको बिगबिगी, एकैदिन ७० पक्राउ

नेपालब्रिटेन संवाददाता
४ पुष २०७५, बुधबार १५:०१

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा पकेटमारीमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो । काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।

उपत्यकामा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समूह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद गरिएको ५ लाख ९६ हजार पीडितलाई आवश्यकता र व्यवहारिकताको आधारमा फिर्ता गरिसकेको छ । बरामद भएको १ लाख ६० हजार ७०० रुपैयाँ चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरी फिर्ता गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै दाङको घोराहीमा बस्ने धनीमान रोकामगरको न्युरोडबाट लुटिएको १ लाख ९ हजार पकेट मार्दामादै पक्राउ गरी प्रहरीले फिर्ता गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, सुनचाँदीका गहना, नक्कली पेस्तोल, चक्कुलगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।

यस्तो छ पाकेटमारले प्रयोग गर्ने कोडभाषा

पैसालाई – द
मोबाइललाई – कान
पकेटमारी पीडित– रामे
पकेटमारी गर्नुलाई – मास्टर/कासी
पैसा धेरै छ – टानको द
पैसा थोरै छ – जुटको द
गाडी – काँचा
केटा – छापा
केटी – भद्री
प्रहरी आयो – ठुल्दाइ आयो
ड्राइभर – माम
खलासी – मले
गाडीबाट झरेर भाग – टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडि सर – चिछल जा