१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकारले पैसा मागे कहाँ उजुरी गर्ने ?

नेपालब्रिटेन डट कम्
४ पुष २०७५, बुधबार २३:४८

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले वेलायतस्थित नेपाली समुदायका गुनासाको सुनुवाई गर्ने भएको छ । शाखाले गत हप्ता इष्ट लण्डनमा आयोजना गरेको अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा समुदायका गुनासा इमेल मार्फत सुन्ने भएको छ । शाखाका महासचिव संजय कँडेलले बुधवार साँझ सचिवालयको तर्फवाट सूचना जारी गर्दै वेलायतस्थित नेपाली समुदायसंग सहकार्य गर्न सदैव तयार रहेको वताउँतै पत्रकार महासंघ वेलायतको सदस्यले महासंघको आडमा संस्थाको क्षेत्र र उदेश्य भन्दा बाहिर गएर आर्थिक लाभ लिन खोजेमा इमेल मार्फत उजुरी गर्न सकिने उल्लेख गरेका छन् । शाखाले समुदायसंग सुझावको समेत अपेक्षा गरेको छ ।

यसअघि वेलायतस्थित केही संचारमाध्यममा आबद्ध पत्रकारहरुले समाचार संकलन गरे वापत रकम लिएको आसंका गरिएको छ । यस्तै गैरआवासीय नेपाली संघ युकेले समेत वेलायतस्थित नेपाली पत्रकारहरुको सहयोगार्थ आर्थिक संकलन गर्ने औपाचारिक निर्णय गरेको थियो । सो निणर्य गरेको ५ महिना विति सक्दा पनि संघले आर्थिक विवरण सार्वजानिक गरेको छैन् ।

संघको आयोजनामा हुने विभिन्न कार्यक्रममा पत्रकारको नाममा आर्थिक निकास गर्न संघकै पदाधिकारी समेत सकृय रुपमा लागेको आसंका रहे पछि पत्रकार महासंघ युके शाखाले औपाचारिक रुपमा शाखामा उजुरी गर्न आव्हान गरेको हो ।


पत्रकार वारे सुझाव वा गुनासा भए सम्पर्क गर्ने इमेल ठेगाना

[email protected]