१२ बैशाख २०८१, बुधबार
Follow Us

एसपी बढुवा गर्न नियमावली संसोधन

नेपालब्रिटेन संवाददाता
५ पुष २०७५, बिहीबार ०५:३८

काठमाडौँ । नेपाल प्रहरी तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति गर्नै सरकारले प्रहरी नियमावली संसोधन गर्न लागेको छ । अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मन्त्रालयले नियमावली संसोधन गर्न लागेको हो ।

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने मापदण्ड छ । तर, यो मापदण्ड पुगेको एसपी एउटै पनि नहुँदा बढुवा प्रक्रिया नै रोकिएको छ । अब तीन वर्ष एसपी बनेपछि एसएसपीमा बढुवा हुने मापदण्ड राखेर राखेर नियमावली संसोधन गर्न लागिएको हो । नियमावली संशोधनको लागि कानुन मन्त्रालयले समेत सहमति दिइसकेको गृह मन्त्रालयले जनाएको छ ।