२५ बैशाख २०८१, मंगलवार
Follow Us

दोहा बैंकको सम्पर्क कार्यालय काठमाडौंमा

नेपालब्रिटेन संवाददाता
५ पुष २०७५, बिहीबार ०५:५६

काठमाडौं । कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंकको उद्घाटन गर्नु भएको छ ।

त्यस अवसरमा उहाँले बैंकको सम्पर्क कार्यालय स्थापनासँगै नेपाल र कतारबीच व्यापारिक सम्बन्ध विस्तारमा मद्दत पुग्नुका साथै नेपालमा कतारी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको कतार भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याएको बताउनुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, राष्ट्र बैंकका डेप्युटी गभर्नर द्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, नेपालका लागि कतारका राजदूत युसुफ बिन अहमद हेल तथा कतारका लागि नेपाली राजदूत रमेश कोइराला र नेपालका संस्कृतिक राजदूत प्रसीद्ध सिने कलाकार दया प्रदालगातको उपस्थिती थियो ।