१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनएको नागरिकताबारे कांग्रेसको धारणा बनाउन माग

नेपालब्रिटेन डट कम्
५ पुष २०७५, बिहीबार १०:११

काठमाडौ– नेपाली कांग्रेसको जारी महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताबारे धारणा बनाउन माग गरिएको छ।

विषयगत छलफलमा बोल्ने क्रममा गैरआवासीय नेपाली संघ आईसीसी सल्लाहकारसमेत रहेका काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले प्रवासमा रहेका नेपालीका लागि दोहोरो नागरिकताको लागि पार्टीले धारणा बनाउनु पर्नेमा जोड दिएका थिए।

महासमिति सदस्य भण्डारीले पार्टीका पूर्वसभापति शुशिल कोईराला प्रधानमन्त्री भएको बेला गैरआवासीय नेपालीलाई नागरिकता दिने कुरा सविधानमा सुसनिश्चित हुँदा प्रवासमा काँग्रेस पार्टीप्रति सकारात्मक धारणा बनेको दाबी गरेका थिए।

उनले प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था गर्नुपर्ने र जनसम्पर्क समितिहरुमध्येबाट एक जना पार्टीको केन्द्रिय सदस्य सहभागिता सुनिश्चित गर्नुपर्नेलगायत माग राखेका थिए। जारी महासमितिको बैठकमा विश्वभरका २१ देश जनसम्पर्क समितिहरुबाट ३ जनाका दरले ६३ महासमिति सदस्य सहभागी रहेका भण्डारीले बताए।