१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्याटवीक विमानस्थल बन्द गरिंदा दशौं हजार यात्रु प्रभावित

नेपालब्रिटेन डट कम्
५ पुष २०७५, बिहीबार १२:२५

काठमाडौँ । ड्रोन देखा परेपछि बेलयातको अत्याधिक यात्रुको चाप हुने विमानस्थल मध्येका एक बुधबार रातीदेखि अबरुद्ध हुँदा दशौं हजार प्रभावित भएका छन् । बीबीसीका अनुसार ग्याटवीक विमानस्थलको रनवे बुधबार रातीदेखि बन्द गरिएकोमा बिहीबारसम्म खुलेको छैन ।

विमानस्थलले विहीवारको ७ सय ६० वटा उडानका एक लाख १० हजार यात्रु उड्नु पर्ने रहेको बताएको छ । विमान कम्पनीहरुले आफ्नो उडानको स्थित बुझेर मात्र विमानस्थल आउन भनेको छ । उक्त विमानस्थलमा आवतरणका लागि आएका विमानहरुलाई अन्यत्रै पठाइएको छ ।

प्रहरीले यसलाई आतंकवादी हमला नभएपनि ‘नियतवस गरिएको अबरोध कार्य’ भनेको छ । साथै ड्रोन सञ्चालकको खोजी गरिरहेको जनाएको छ ।

बुधबार राती विमानस्थलको परिसरबाट रनवेतर्फ दुई वटा ड्रोन उडेको देखेपछि विमानस्थल बन्द गरिएको थियो । राती ९ बजे बन्द गरिएको विमानस्थल विहीवार बिहान ३ बजे खोलिए पनि पुन: ड्रोन देखा परेपछि बन्द गरिएको बताइएको छ ।