१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज दिनभर मौसम सामान्य बदली हुने

नेपालब्रिटेन संवाददाता
६ पुष २०७५, शुक्रबार ०४:५२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशैभर शुक्रबार मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ ।

मूख्य गरी पूर्वी र मध्य पहाडी क्षेत्रमा बदलीको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिनु भएको छ । उहाँका अनुसार तराईतिर बिहानैदेखि लागेको हुस्सु तथा कुहिरो मध्यान्नपछि हट्ने तर पूर्णरुपमा मौसम खुल्ने सम्भवना भने कम छ ।

दिउँसो काठमाडौँमा केहीबेर घाम लागेपनि बिस्तारै मौसम बदली हुने उहाँको भनाई छ । काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहयो । आज दिउँसो बढीमा १८ देखि २० डिग्री सेल्सियस पुग्ने अनुमान छ ।