१२ बैशाख २०८१, बुधबार
Follow Us

सहमति जुटेपछि मात्रै महासमिति बैठक

नेपालब्रिटेन संवाददाता
६ पुष २०७५, शुक्रबार ०५:१०

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा विधान संशोधन प्रस्तावको मस्यौदा अझै प्रस्तुत हुन सकेको छैन । प्रस्ताविक मस्यौदामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसक्दा महासमितिमा पेश हुन नसकेको हो । सहमति नजुटेकै कारण बिहीबार दिनभर महासमिति बैठक अघि बढन सकेन ।

शिर्ष तहमा केही दिनदेखि सहमति जुटाउने प्रयास भएपछि त्यसले सार्थकता पाउन सकेको छैन । आज पनि मस्यौदामा सहमति जुटाउने प्रयास हुने नेताहरुले बताएका छन् ।

सभापतिबाट मनोनीत हुने संख्या बढाउनुपर्ने, पदाधिकारीमा समावेशीता हुनुपर्ने माग केन्द्रीय समितिमा उठेपछि प्रस्तावित विधान मस्यौदामा विवाद हुँदै आएको छ । सहमति जुटेपछि मात्रै महासमिति बैठक अघि बढने सम्भावना रहेको छ ।