१५ चैत्र २०८०, बिहीबार
Follow Us

७५ गाई भैँसीलाई सुत्केरी भत्ता

नेपालब्रिटेन संवाददाता
६ पुष २०७५, शुक्रबार ०५:२७

भरतपुर । रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गर्नुभएको हो ।

सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिँदै किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको उल्लेख गर्नुभयो ।

नगरका वडा नं १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले जनाकारी दिनुभयो । रत्ननगरमा वार्षिक छ हजार गाई भैँसीमा कृत्रिम गर्भाधान हुने गरेकामा करीब दुई हजार गाई भैँसी ब्याउने गरेको उहाँको भनाइ थियो ।