१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बाल बाल बच्यो यात्रुको ज्यान

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७३, सोमबार १५:१९

काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौंतर्फ आउदै गरेको नेपाल वायुसेवा निगमको बिमान दुर्घटना हुनबाट जोगिएको छ । नयाँदिल्लीबाट सोमबार अपरान्ह काठमाडौ आइपुग्न लाग्दा १२ हजार ५ सय फिटमाथि रहेको बिमानमा एक्कासी धूँवा देखिएको थियो । निगमका अनुसार चालक दलका सदस्यहरुले लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेर १ सय ६३ यात्रुको ज्यान जोगाएका हुन् । आरए २०६, ९ एन एकेएस लुम्विनी कलसाइन भएको एयरबसको ककपिटमा समस्या आई नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो ।
सो जहाजमा चालक दलका सदस्यसहित १ सय ६३ यात्रु रहेका थिए । १२ हजार ५ सय फिटको उचाईमा जहाजमा धूँवा देखिएपछि चालक दलले आकस्मिक अवतरणको अनुमति मागेको चार मिनेटपछि ३ बजेरमा ३ बजेर २९ मा आकस्मिक अवतरण गराइएको थियो । हाल विमानलाई पार्किङमा राखिएको र प्राविधिकको टोलीले अनुसन्धान गरिरहेको छ ।
बिमानमा एक्कासी धूँवा देखिनुका कारण के हो बिषय अझै स्पष्ट भइसकेको छैन । नेपाल एयरलाइन्सको धूवाँ देखिएको जहाजको सुरक्षित अवतरणका लागि फ्लाइ दुबईलाई लखनउ डाइभर्ट गरी अन्य सबै उडान ३ बजेर ५६ मिनेटसम्म बन्द गरिएको थियो । त्यसपछि विमानस्थल सुचारु भइसकेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।