११ बैशाख २०८१, मंगलवार
Follow Us

चन्द्र ढकालद्धारा अस्पताल भवनको लागि १० लाख सहयोग

नेपालब्रिटेन डट कम्
६ पुष २०७५, शुक्रबार १०:०९

अमलाचौर । ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले एक अस्पताल भवन निमार्णको लागि आर्थिक सहयोग गरेका छन् । ढकालले बाग्लुगंस्थित पैंयुपाटा प्राथमिक अस्पताल भवन निमार्णको लागि १० लाख रुपैयाँ सहयोग गरेका हुन् ।
बाग्लुङ्ग नगरपालीका वार्ड नम्वर १३ का वार्ड अध्यक्ष नारायण पौडेलका अनुसार ७ रोपनी जग्गामा बन्ने सो भवनको लागि अवश्यक जग्गा खरिदको लागि ढकाले सो सहयोग गरेका हुन् । पौडेलले अस्पताल भवन निमार्णको लागि वार्डमा समेत बजेट अभाव भए पछि ढकालसंग सहगोग लिइएको जनाए । अस्पताल भवन निमार्ण समितिको समेत संयोजक पौडेले अव अस्पताल निमार्णको काम तिब्रगतिमा बढ्ने भन्दै आर्थिक सहयोगको लागि ढकाल प्रति आभार व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका ढकालले त्यहाँस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई यसअघि २५ लाख सहयोग गरेका थिए भने अमलाचौरस्थित पृथ्वी माविमा करिब ६ करोडको लगानीमा विद्यालय भवन निमार्ण गरिदिएका छन् । व्यसायीक रुपमा सफल बन्दै गएका ढकालले पछिल्लो समयमा सामाजिक क्षेत्रमा समेत सकृयता देखाउदैं आएका छन् ।