६ बैशाख २०८१, बिहीबार
Follow Us

शिव मन्दिर अल्डरसटमा धार्मिक महोत्सव हुने

नेपालब्रिटेन डट कम्
६ पुष २०७५, शुक्रबार २०:००


बाचस्पति रेग्मी ।

लण्डन। अल्डरसटमा रहेको शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको निमन्त्रणामा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल बेलायत आउने भएका छन् । शीव मन्दिरमा हुने ३ दिने श्रीमदभागवत महापुराण, वेद र बुध्द दर्शन सम्बन्धी आध्यात्मीक महोत्सवमा भाग लिन उनि बेलायत आउन लागेका हुन् ।

आगामी जनवरीको ४ गते हुने महोत्सवमा बेलायतका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी प्रमुख अतिथी हुने शिव मन्दीर समितिका अध्यक्ष रोहित कुमार गुरुड्गले जनाए

जनवरी ४,५ र ६ गते ३ दिने हुने सो महोत्सवमा पोखरेलले बिशेष प्रवचन दिने भएका छन् ।

नेपाली समुदायको सक्रियतामा शीव कल्चर एण्ड कम्युनिटी सेन्टरले किन्न लागेको सो मन्दिरमा राधना, भजन कृतन , मेडीटेसन योगा, आदि गर्न मिल्ने हलको समेत व्यवस्था गरीएको छ ।

भवन किन्नको लागि आर्थिक सहयोग संकलन गर्न स्थानीय हरी भट्टराइको संयोजकत्वमा पुजा समारोह समिति गठन गरिएको छ । सो समितिको महासचीव बिक्रम भट्टराई र कोषाध्यक्ष बाचस्पति रेग्मी रहेका छन् । यो महोत्सवमा सहभागी हुन् आयोजक संस्था शीव कल्चर एण्ड कम्युनिटी सेन्टरले बेलायत स्थित नेपाली समुदायलाई अनुरोध गरेको छ ।

मन्दिर भवन खरीद र संचालनको लागि सामजसेवी रवी लामीछाने, सुर्य उपाध्याए, अध्यक्ष रोहित गुरुड्ग, उपाध्यक्ष गोपाल बिक र एनआरएन युकेका उपाध्यक्ष सेर बहादुर सुनार सक्रिय रुपमा लागि परेका छन् ।

मन्दिर वा महोत्सव वारेमा जानकारी लिनु परेमा सम्पर्क

१ . महोत्सव संयोजक: हरी भट्टराई – ०७७८६३२८७७६
२ . महासचिब : बिक्रम भट्टराई – ०७९१५०४६२०३
३ . कोषाध्यक्ष : बाचस्पति रेग्मी – ०७४२७०२२९३१