१३ बैशाख २०८१, बिहीबार
Follow Us

तीन लुटेरा प्रहरीे खोरमा

नेपालब्रिटेन संवाददाता
८ पुष २०७५, आईतवार १३:५१

साँखु । महानगरीय प्रहरी वृत्त बौद्धले चिनियाँ नागरिक लुट्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सङ्खुवासभा घर भई बूढानीलकण्ठ नगरपालिका गणेश मन्दिरसँगै बस्ने २० वर्षीय सुमन तामाङ, रौतहट घर भई हाल बूढानीलकण्ठ बस्ने २८ वर्षीय विशाल मगर र सिन्धुपाल्चोक घर भई बूढानीलकण्ठ बसोबास गर्ने १९ वर्षीय नवराज सापकोटा रहेको बौद्धका प्रहरी निरीक्षक रेशम आचार्यले जानकारी दिनुभयो । उनीहरुले गत मङ्सिर २८ गते चिनियाँ युवती एङ्की लिलाई स्नूकर खेल्ने स्टिकले टाउकोमा प्रहार गरी आइफोन लुटेका थिए ।

“एक हप्ता लामो अनुसन्धानपछि लुटेरा समात्न सफल भयौँ,” उहाँले भन्नुभयो । महङ्कालस्थित जनकल्याण माविमा रहेको सिसी क्यामराको सहयोगमा लुटेरा पक्राउ गरिएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । चिनियाँ नागरिक लिको टाउकोमा ३० टाँका लगाउनुपरेको थियो भने दायाँ हातको चार औँला भाँचिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले ४८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।