१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सहारा यूकेमा कुमार गुरुङ

नेपालब्रिटेन डट कम्
८ पुष २०७५, आईतवार २१:४७

लन्डन । सहारा युकेको अध्यक्षमा कुमार गुरुङको चयन भएका छन् । सहारा युकेको शनिवार सम्पन्नले साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा भएको साधारणसभामा सबै पूर्व अध्यक्षहरु र प्रमूख सल्लाहकार महेश गुरुङसहित ५० जना साधारण सदस्यको उपस्थिती रहेको संस्थापक अध्यक्ष नवीन गुरुङले जानकारी गराए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कुसाङ गुरुङ, एफसी अध्यक्षमा कृष्ण गुरुङ, एफसी उपाध्यक्षमा मनोज गुरुङ, महासचिवमा धनु थकाली, सचिवमा वाचस्पति रेग्मी, कोषाध्यक्षमा शारदा गुरुङ, सहकोषाध्यक्षमा प्रकाश गुरुङ र मिलन गुरुङ सदस्यमा चयन भएका छन् ।

२००८ को अक्टोबरमा नवीन गुरुङको अध्यक्षतामा पोखराको सहारा क्लबलाई सहयोग गर्ने उदेश्यमा गठन भएको सहारा युकेको यो छैटौं कार्यकाल हो । संस्थापक अध्यक्ष गुरुङले २०१४ सम्म दुई–दुई वर्षका तीन कार्यकाल क्लबलाई नेतृत्व प्रदान गरे भने २०१४ देखि २०१६ सम्म दीलिप दाई, तथा २०१६ देखि शनिबारसम्म मीन बहादुर गुरुङ (साइला) ले अध्यक्षका रुपमा क्लबको नेतृत्व गरेका थिए ।
– जगन कार्की