१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोलोराडोमा तिन स्रष्टाको स्मृतीमा कवी गोष्ठी सम्पन्न

नेपालब्रिटेन डट कम्
८ पुष २०७५, आईतवार २२:०१

नातिबाबु भट्ट ।

कोलोराडो, । अमेरीका ।
नेपाली भाषा, साहित्य र संगीतका तिन स्रष्टाहरुको स्मृतीमा कोलोराडोमा शनिबार एक कवी गोष्ठी सम्पन्न भयो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा स्वर सम्राट नारायण गोपाल, संगीतकार नातीकाजी र साहित्यकार रमेश विकलको स्मृतीमा कवी गोष्ठी सम्पन्न भएको हो ।
नर्थग्लेन स्थित क्रशरोड चर्जमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, साना बाल बालिका, गायक, गायिका, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।
स्रष्टाहरुको तस्वीरमा खादा पहिराइ बालक सार्थक आचार्यको नेपाली गीत पछि सुरु गरिएको कार्यक्रमा बरिष्ठ साहित्यकार ज्ञानेन्द्र गदालले स्वर सम्राट नारायण गोपाल, संगीतकार नातीकाजी र साहित्यकार रमेश विकलले नेपाली भाषा सहित्य र संगीतको क्षेत्रमा छोडेर गएका योगदानको चर्चा गर्दै उहाहरुको परिचय गरेका थिए ।
त्यसपछि कार्यक्रममा उपस्थित गायक, गायिका, कवी कवयत्री तथा संगीतकारहरले गीत संगीत , कवीता तथा बक्तब्य मार्फत स्रष्टाहरुको योगदानको कदर थिए । यसरी गीत तथा संगीतमार्फत स्रष्टाहरुको योगदानको कदर गर्नेहरुमा गायीका उषाकिरण अधिकारी, शुरेशचन्द्र प्रधान, मनोजकाजी तुलाधर, रिमा गुरुङ, सरिता ढु¨ेल, यशोदा भट्ट, कृष्णमुरारी ढु¨ेल रहेका थिए । उनिहरुले स्वर संम्राट नारायण गोपालका मर्मस्पर्सी गीत र नातीकाजीले संगीत भरेका गीतहरु गाएका थिए ।

त्यसैगरी सष्टाहरुलाई स्मरणगर्दै कवीता वाचनगर्ने कवी कवयत्रीहरुमा ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढु¨ेल, बलराम पराजुली सुनीता बस्नेत, यसोदा भट्ट, विजयदेव अधिकारी, हरिकुमार श्रेष्ठ, मीना पौड्याल रहेका थिए ।
८४ बर्षिय बयोबृद्ध केशबराज मिश्रको प्रमुख आतिथ्य तथा साहित्यकार तथा समाजसेवी रत्नकाजी तुलाधरको सभापतित्वमा सम्पन्न कार्यक्रम, आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढु¨ेलले सञ्चालन गरेका थिए ।
उक्त्त कार्यक्रममा कोलोराडोमा बसोबास रहेरपनि सार्वजानीक कार्यक्रममा सहभागी नभएकी चर्चित गायीका रिमा गुरुङ र हालै टेक्सासबाट कोलोराडो सरेकी कवयत्री सुनीता बस्नेतलाई परिचय गराउदै स्वागत गरिएको थियो ।
नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना हुने गर्दछ ।