१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रामदेव ‘भाजपा’सँग टाढिदै

नेपालब्रिटेन संवाददाता
११ पुष २०७५, बुधबार ०६:००

नयाँ दिल्ली । भारतको आसन्न निर्वाचनमा योगगुरु बाबा रामदेव राजनीतिक रुपमा तटस्थ रहने भएका छन् । अघिल्ला निर्वाचनमा औपचारिक रुपमै भारतीय जनता पार्टी ‘भाजपा’ पक्षमा लागेका रामदेवले यो पटक कसैको पक्ष नलिने घोषणा गरेका हुन् ।

भारतको मदुरै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रामदेवले आफुले राजनीतिमा ध्यान नदिएको र कुनै ब्यक्ति वा पार्टीलाई समर्थन नगर्ने उल्लेख गरेका छन् ।

उनले रोचक र कडा टक्करको अवस्था रहेकाले भारतको अर्को प्रधानमन्त्री को बन्नेछ भन्ने बताउन नसकिने समेत बताए । केही समयअघिपनि एउटा कार्यक्रममा रामदेवले आउँदो चुनावमा आफूले भाजापका लागि प्रचार नगर्ने बताएका थिए । भारतमा सन् २०१९मा आम निर्वाचन हुँदैछ ।