१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन परिमार्जन गर्न प्रस्ताव

नेपालब्रिटेन संवाददाता
११ पुष २०७५, बुधबार ०७:२१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्थायी समितिमा पेश गरिएको राजनीतिक प्रतिवेदन परिमार्जनको प्रस्ताव गरेका छन् । आज विहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकका अध्यक्ष दाहालले बैठकमा ब्यक्त विचार, सुझाव र आलोचनालाई ध्यानमा राखेर प्रस्ताव परिमार्जन तथा पारित गर्नुपर्ने बताएका हुन् ।

स्थायी समितिको छलफलले पार्टी र सरकार दुबैलाई सबल बनाउनुका साथै सरकारले गरेका राम्रा कामको प्रचारमा सघाउन पुर्‍याउने धारणा पनि बैठकमा अध्यक्ष दाहालले राखेका छन् । बैठकमा अध्यक्ष दाहालले पार्टी एकताको महत्व र वस्तुगत आधारका विषयमा पनि बैठकमा चर्चा गरेका थिए । साथै अध्यक्ष दाहालले सबै समस्या समाधानका लागि केन्द्रिय समिति अन्तर्गत कार्यदल गठनको प्रस्ताव समेत गरेका छन् ।

नेकपाका दुबै अध्यक्षले धारणा राख्ने तयारी गरेको भएपनि आज दाहालले मात्रै बोलेका थिए । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले भने भोली मात्रै धारणा राख्ने भएका छन् । दुबै अध्यक्षले बोलेपछि राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्ने नेकपाको तयारी छ ।